सम्मेलनका लागि तयार राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा पेश

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा आसन्न प्रथम राष्ट्रिय सम्मेलनका लागि तयार पारिएको राजनीतिक प्रतिवेदन पेश भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गर्नुभएको राजनीतिक प्रतिवेदन पेश भएको हो ।
आजै बिहान बसेको बैठकमा अध्यक्ष दाहालले प्रतिवेदनको संक्षिप्त रूप वाचन गर्नुभएको थियो भने अपराह्न ३ बजेपछि पुनः बसेको स्थायी समिति बैठकमा पनि सो प्रतिवेदनमाथि नै छलफल भएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ । सम्मेलनमार्फत माओवादी केन्द्रले नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने सङ्कल्प लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्