तपाईँ सुन्दै हुनुहुन्छः

औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय गरेको छ । 

पुस ७ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

यस्तै मन्त्रिपरिषद् बैठकले विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिनुका साथै हुलाक वस्तुको महसुल दररेट पुनरावलोकन र वैदेशिक द्रुत डाँक सेवा महसुलमा पुनरावलोकन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button