तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको बेलौरीमा अक्सिजन प्लान्ट जडान कार्य सुरु

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरिएको छ । जिल्लाका चार पालिकाको संयुक्त आयोजनामा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरिएको हो । 

बेलौरीको श्रीपुर स्वास्थ्य चौकीमा प्लान्ट जडान गर्न लागिएको छ । प्लान्ट जडानका लागि काठमाडौँको फियर ट्रेड प्रालिसँग १ करोड ४३ लाख र  बेलौरी नगरपालिकाको १२ लाख ५२ हजार ४ सय २९ रुपैयाँ बजेटमा बेलौरीकै गणेश निर्माण सेवासँग ठेक्का सम्झौता भएको बताइएको छ ।

बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले दैनिक ७५ सिलिन्डर उत्पादन क्षमताको प्लान्ट जडानले कञ्चनपुरको दक्षिणी क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवामा निकै सहज हुने र अक्सिजनका अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्था रोकिने विश्वास गर्नु भएको छ । 

अक्सिजन प्लान्ट बेलौरी र पुनर्वास नगरपालिकाको ६५÷ ६५ लाख र लालझाडी र बेलडाँडी गाउँपालिकाको ३५/३५ लाख बजेटमा स्थापना हुन लागेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button