तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा मानवअधिकार उल्लङ्घनका घटना बढ्दो

कास्की । कास्कीमा मानव अधिकारका घटनाहरू वार्षिक रूपमा बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष पुस्तक, वार्षिक पूर्व समिक्षा कार्यक्रममा सहभागीहरूले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू बढेको प्रति चिन्ता व्यक्त  गरेका छन् । 

कास्की जिल्लामा सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म ८१ वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको अभिलेख गरेको छ । जस मध्ये मानव बेचबिखन तथा जबरजस्ती यौन कार्यमा लगाइएका ६, बलात्कार १, घरेलु हिंसा ४९ महिला पीडित बनेको तथ्याङ्क सार्वजनिक गरेको छ । 

यस्तै परिवारजनबाट हत्या गरिएका ४ वटा घटनामा पतिबाट हत्या गरिएका महिला ३ जना रहेका छन्, भने एक जना पुरुष छन् । सो अवधिमा ७ जना बालिका बलात्कार, एक बलात्कारपछि हत्या र तीन जना बालक यौन दुर्व्यवहारका घटनाबाट पीडित बनेको अभिलेख इन्सेकले गरेको छ । यस्तै बालबालिका विरुद्धको कसुर अन्तरगत दुई घटनामा ६ जना बालबालिका पीडित बनेको अनौपचारिक क्षेत्र सेवा इन्सेकले जनाएको छ । 

वार्षिक पूर्व समीक्षा कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भन्नुभयो “जनस्तरसम्म जन चेतना नभएका कारण घटनाहरू वार्षिक रूपमा वृद्धि भइरहेको भन्दै सबै क्षेत्रको सहकार्यले मानव अधिकार उल्लङ्घनका घट्नामा कमी आउने बताउनुभयो । 

इन्सेक प्रमुख शिव खकुरेलले भन्नुभयो “कास्कीमा महिला महिला, बालबालिका ,घरेलु हिंसामा धेरै भएको गुनासो आउने गरेको भन्दै यो वर्ष पुस्तले  मानव अधिकारको स्थिति उजागर हुन्छ तब सरकारको ध्यानाकर्षण हुने बताउँदै सरकार जबाफदेही बन्ने छ  र सरकारलाई वर्ष पुस्तकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । पीडितहरूलाई न्यायको पहुँचमा पुर्‍याउने बताउनुभयो । ”

मानव अधिकारको क्षेत्रमा भएका ज्यादतीको अभिलेखीकरण प्रत्येक संस्थाले राख्नुपर्ने मानव अधिकार एलाइनसका रामचन्द्र पौडेलले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button