तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा नेम्वाङ निर्वाचित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को पदाधिकारीको टुङ्गो लागेको छ । 

सहमतिमार्फत पदाधिकारी चयन प्रयास सफल नभएपछि हिजो सम्पन्न निर्वाचन मार्फत प्रदेश १ को पदाधिकारी टुङ्गो लागेको हो ।

विराटनगरस्थित पार्टी कार्यालयमा भएको मतदानमार्फत प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) चयन हुनुभएको छ । 

प्रतिस्पर्धी मुक्सामहाङ्ग सुब्बा लिम्बुलाई १०५ मतले पछि पार्दै नेम्वाङ प्रदेश १ को अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

नेम्वाङले १६९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी लिम्बुले ६४ मत प्राप्त गर्नुभएको थियो । 

यस्तै उपाध्यक्षमा शिवकुमार डाँगी, मणिकुमार राई र देवन चाम्लिङ निर्वाचित हुनु भएको छ भने सचिवमा गणेश उप्रेती निर्वाचित हुनुभएको छ । 

यसैगरी सहसचिवमा ऋषिराम ढुङ्गाना, कुमारी राई र सागर किराँती चयन र कोषाध्यक्षमा रेवतराज पुरी चयन हुनुभएको छ । 

माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष एक, उपाध्यक्ष तीन, सचिव एक, सहसचिव ३ र कोषाध्यक्ष एक सहित ९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button