ढाकामा हुने पुरुषतर्फको खेल तालिका परिवर्तन
काठमाडौँ । बङ्गलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत पुरुषतर्फको खेल तालिका परिवर्तन भएको छ ।
माल्दिभ्सले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि पुरुषतर्फको खेल तालिका परिवर्तन भएको हो । पुरुषतर्फ चार टिमले मात्र प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुषमा आयोजक बङ्गलादेश, नेपाल, श्रीलङ्का र उज्बेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
खेल तालिका परिवर्तन भएसँगै नेपालले पहिलो खेलमा बङ्गलादेशसँग खेल्ने भएको छ । नेपाल र बङ्गलादेशबिचको खेल भोलि (बिहीबार) हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्बेकिस्तान र अन्तिम खेलमा श्रीलङ्कासँग खेल्नेछ ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छन् । महिलातर्फ नेपालले बिहीबार श्रीलङ्का विरुद्ध खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्