तपाईँ सुन्दै हुनुहुन्छः

राज्यले सञ्चालनमा ल्याउने सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउन विशेष ध्यान दिनुपर्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राज्यले सञ्चालनमा ल्याउने सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउन विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । 

मन्त्रालयले आजदेखि सञ्चालनमा ल्याएको एकिकृत एस.एम.एस गेट-वे सेवाको उद्घाटनका अवसरमा मन्त्री कार्कीले सूचना र प्रविधिमा आधारित सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउन सके मात्रै सरकारले लक्ष्य अनुसारको प्रतिफल प्राप्त गर्न सक्ने बताउनुभयो । 

मन्त्री कार्कीले नागरिकलाई पर्याप्त अवसर उपलब्ध गराउन सरकारी निकायहरूको ध्यान केन्द्रित हुनुपर्ने समेत बताउनुभयो । 

This image has an empty alt attribute; its file name is pro_ktm_sancharmantralaya11-1024x682.jpg


कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकारी सेवालाई प्रभावकारी बनाउन प्रविधि र पूर्वाधारको विकासमा मन्त्रालयको ध्यान केन्द्रित रहेको बताउनुभयो । 

सचिव अर्यालले सबै सरकारी कार्यालयहरुले सञ्चालनमा ल्याउने एस एम एस सेवालाई प्रभावकारी बनाउन सक्ने गरी प्राविधिक क्षमता विकास गर्न सूचना प्रविधि विभागलाई निर्देशन समेत दिनुभयो ।

मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभाग मातहत रहेन एकिकृत एसएमएस गेटवे प्रणालीले सरकारी कार्यालयहरूले उपलब्ध गराउने सेवाका बारेमा जानकारी दिन सञ्चालन गर्ने एसएमएस सेवालाई एकिकृत गरी सरल र सुलभ बनाउने छ । 

No description available.

नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्दा हाल सञ्चालित एस.एम.एस सेवा भन्दा ५ गुणासम्म कम खर्चमा सेवा दिन सकिने सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले जानकारी दिनुभयो । 

एकिकृत एस.एम.एस गेटवे प्रणाली सञ्चालनमा ल्याउन तत्कालका लागि सूचना प्रविधि विभाग, नेपाल टेलिकम, एनसेल, महान्यायाधिवक्ताको कार्यालय, यातायात व्यवस्था विभाग एवं बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयबीच आजै एक सम्झौता समेत भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button