तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको खेत बाझो राखेर भारतलाई पानी दिन सकिँदैन : अध्यक्ष ओली

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेत बाझो राखेर भारतलाई पानी दिन नसकिने बताउनुभयो ।

“यता नेपालतर्फ बाझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ यो कदापि हुँदैन” ओलीले भन्नुभयो “कपिलवस्तुमा कृषि सिचाइको लागि अब नौमुरे योजना छिट्टै सुरु हुन्छ, ।” अध्यक्ष ओलीले एमालेसँग मात्र देश बनाउने नीति भएको बताउनुभयो । 

नेकपा एमालेले बेसहारा, अभिभावक विहीनको पार्टी नेकपा एमाले भएको उहाँको भनाइ रहेको छ । एमालेले बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको बताउनुभयो । कपिलवस्तुलाई औद्योगिक शहर बनाउने योजनाका साथ अघि बढ्ने बताउनुभयो । 

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा भारतसँग सुमधुर सम्बन्ध स्थापित गरेको बताउनुभयो । ज्येष्ठ नागरिकलाई स्वास्थ्यका लागि एमाले सरकारले औषधी उपचारको व्यवस्था गरेको बताउनुभयो । सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिने बताउनुभयो । 

आफू प्रधानमन्त्री हुँदा कपिलवस्तुको तौलिहवा जस्तो शहरलाई ५० लाख रकम विनियोजन  तथा सडक पूर्वाधारको लागि रकम विनियोजन गरेको बताउनुभयो ।  जनता आवास कार्यलाई निरन्तरता दिई फुसको छानो मुक्त गाउँ विकास स्थानीय तह एवम् पालिकालाई अनुरोध गर्नुभयो । 

कपिलवस्तुको बहादुरगंजमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कपिलवस्तु जिल्लाले अब विकास चाहेको उहाँले बताउनुभयो । 

नेकपा एमाले गरिब दुखिको पार्टी भएकोले एमालेमा प्रवेश गर्नेको जनलहर बढेको अध्यक्ष ओलीले बताउनुभयो । ओलीले भने  म ७० वर्षको भए १८ घण्टा काम गर्छु । तपाईँहरू पनि काम गर्नुस् अनि मात्र पार्टी अघि बढ्छ । 

नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले जनताबाट नडराएका बताउनुभयो। उहाँले भन्नू भयो “हामी चुनाव चाहन्छौ” देउवा सरकार चुनावबाट डराएको छ । 

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोख्रेलले केपी ओली सरकार भएको समय विकासको लहर चलेको बताउनुभयो । कपिलवस्तुको बहादुरगंज नेकपा एमालेको आमसभालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले अब कपिलवस्तुमा विकासको लहर चल्ने बताउनुभयो । 

कपिलवस्तु जनता समाजवादी पार्टी नेपालका  केन्द्रीय सदस्य एमालेमा प्रवेश गर्नु भएको छ । आफ्नो क्षेत्रको विकासको लागि एमालेमा प्रवेश गरेको  मगंल प्रसाद गुप्ताले बताउनुभयो । गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नु भएको हो  ।  

नेकपा एमाले जिल्ला कार्य समिति कपिलवस्तुको आयोजना बहादुरगंजमा भएको आमसभा कार्यक्रममा एमाले प्रवेश गरेपछि अब क्षेत्रलाई एमालेमय बनाउने बताउनुभयो । 

अन्य पार्टी परित्याग गरी करिब ६ हजार बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button