तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको हिमालीमा फोटो सहितको मतदाता नामावली सङ्कलन कार्य तीव्र

बाजुरा । बाजुरा जिल्लाको पूर्वोत्तरि हिमाली गाउँपालिकामा फोटो सहितको मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिइएको छ। गत मङ्सिर २९ गतेबाट सुरु गरिएको मतदाता नामावली सङ्कलन पौष ९ गते सम्म सञ्चालन गरिने भएको हो ।

मतदाता नामावली सङ्कलन घुम्ती शिविर मार्फत निरन्तर चलिरहेको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराद्वारा फोटो सहितको मतदाता नामावली सङ्कलन घुम्ती शिविर सञ्चालन कार्यलाई जिल्ला भरिनै सञ्चालन गर्ने उद्देश्य सहित पहिलो चरणमा हिमाली गाउँपालिकाबाट सुरुवात गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ। 

मङ्सिर २९ गते बाट सुरु गरिएको सो शिविरमा आज सम्म ३ सय ७४ जनाको विवरण सङ्कलन गरिसकिएको छ भने ३ सय ९६ जनाको नागरिकताको अनुसूची सङ्कलन गरिएको बताइएको छ । हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा सञ्चालन भएको सो शिविरबाट दुर्गम तथा पिछडिएको क्षेत्रका समुदायलाई प्रत्यक्ष लाभ दिने उद्देश्यका साथ फोटो सहितको मतदाता नामावली सङ्कलन शिविर सञ्चालनमा ल्याइएको  निर्वाचन कार्यालय बाजुराले जनाएको छ । उक्त शिविरले वृद्धअवस्थाका नागरिक, अपाङ्ग,अशक्तहरूलाई राहत प्रदान हुनेछ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button