तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रेणी कम्प्लेक्स आगलागी, साढे तीन करोडको क्षति

काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैटौँ तलामा रहेको ‘फिटनेस एन्ड स्पा सेन्टर’मा आज आगलागी भएको छ । आगलागीबाट रु तीन करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार इन्भर्टरबाट विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी आएको र आगो नियन्त्रणमा आइसकेको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । 

आगो निभाउन काठमाडौँ, ललितपुर र भक्तपुरका पाँच दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।  

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button