महिला खुला र मुस्लिम तर्फको केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महिला खुला र मुस्लिम तर्फको केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो रातिदेखि मत गणना सुरु गरिएको थियो । केही बेरमा नतिजा सार्वजनिक गरिने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।
सचिव श्रेष्ठले आजै प्रदेश १, बागमती प्रदेश मुस्लिम र थारु तर्फका केन्द्रीय सदस्यको मतगणना सुरु गरिएको बताउनुभयो ।
त्यस्तै आजै अल्पसङ्ख्यक र अपाङ्ग तर्फका केन्द्रीय सदस्यको मतगणना गरिने पनि सचिव श्रेष्ठले जानकारी दिनुभयो
सचिव श्रेष्ठका अनुसार भोलि आदिवासी, दलित, खसआर्य र बाँकी प्रदेश तर्फका केन्द्रीय सदस्यको मतगणना सुरु गरिने छ ।
पदाधिकारीको मत परिणाम आइसकेपछि केन्द्रीय सदस्यहरूको गणना भइरहेको छ । हिजो साँझ पुरुष खुला तर्फ ३५ जनाको मतगणना सकिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्