जबरजस्तीकरणीको आरोपमा ज्येष्ठ नागरिक पक्राउ
सोलुखुम्बु । सोलुखुम्बुकी एक २८ बर्षीया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा ओखलढुङ्गाका एक ज्येष्ठ नागरिकलाई पक्राउ गरिएको छ ।
सल्ल्यान गाउँपालिका–५ स्थित कालाखोप जङ्गलमा फरक क्षमता भएकी एक महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–७ गैरीडाँडाका ६६ वर्षीय पदमकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
पीडितले दिएको उजुरीका आधारमा मङ्सिर २९ गते श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
पीडित महिलामाथि पटक पटक जबरजस्ती करणी हुँदै आएको र उनी गर्भवती रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक ओम यादबले जानकारी दिनुभयो ।
आरोपित श्रेष्ठ माथि १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । प्रलोभनमा पारेर ती महिला माथि जबरजस्ती करणी हुँदै आएको खुल्न आएको छ ।
सोलुखुम्बु र ओखलढुङ्गाको सीमा क्षेत्रमा बसोबास गर्ने उनीहरू छिमेकी हुन् भने पीडित महिला अविवाहित हुन् ।








प्रतिक्रिया राख्नुहोस्