हिंसा न्यूनीकरणमा ध्यान दिनुपर्ने सराेकारवालाकाे भनाइ
अछाम।जिल्लामा बढिरहेका हिंसा तथा आत्महत्याका घटना न्यूनीकरणमा सरोकारवाला जिम्मेवार हुनुपर्ने एक कार्यक्रमका सरोकारवालाले बताएका छन् ।
ईन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक २०२२ मा अछामबाट समावेश हुने घटनाको लागि प्रकाशन पूर्व समीक्षा बैठकमा सरोकारवालाले सो कुरा बताएका हुन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पुस्तकमा २०२१ जनवरी देखि डिसेम्बर १५ सम्म प्रहरी, अदालत, स्थानीय तह लगायतका क्षेत्रबाट सङ्कलित घटनाको बारेमा छलफल गरिएको छ ।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मुरासैनीले घटेका घटनाका दोषीलाई दण्ड दिनसके उपलब्धि हासिल हुने बताउनु भयो ।
अछाममा हालै मात्र आउनु भएका प्रजिअ मुरासैनिले अछाममा आत्महत्याका घटना धेरै भएको तथ्याङ्क देखिएकाले मनोसामाजिक तथा शिक्षा क्षेत्रका कार्यक्रममा जोड दिनुपर्ने बताउनु भयो ।
अछामका प्रहरी प्रमुख डिएसपी तुलसीराम अर्यालले प्रहरी जहिले पनि समुदायको साथमा भएकाले हिंसा न्यूनीकरणमा सबैको भूमिका अहम् रहने बताउनुभयो ।
स्थानीय तहमा न्यायिक समिति, मेलमिलाप कर्ता भएकाले प्रहरीमा आउने मुद्दामा कमी आउनु पर्ने बताउनु भयो ।
सरकारी वकिल कार्यालयका प्रमुख कौशल ढुङ्गाना, जिल्ला बार अछामका अध्यक्ष कृष्णप्रसाद ढुङ्गाना, जिल्ला स्थित महिला अधिकारकर्मी, पत्रकारको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्