बङ्गलादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु
ढाका। बङ्गलादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ ।
सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।
बङ्गलादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले आइतबार राजधानी ढाकामा यस अभियानको सुरुआत गर्नुभएको हो ।
अभियानको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिनुभयो ।
अतिरिक्त खोप पनि सुरुमा अग्रपङ्क्तिमा काम गर्नेहरूलाई उपलब्ध गराइने र त्यसपछि क्रमशः अरूलाई लगाइने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार पत्रकार तथा धार्मिक नेताहरूलाई पनि अतिरिक्त खोपका लागि प्राथमिकताको सूचीमा राखिएको छ ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्