तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बाहिरियो, उपाधिका लागि बंगलादेश र भारत भिड्ने

काठमाडौं । साबिक उपविजेता नेपाल बंगलादेशमा जारी यु- १९ महिला साफ च्याम्पियनसिपबाट बाहिरिएको छ ।

आइतबार भारतसँग पराजित नेपाललाई फाइनल पुग्न झिनो आशा रहे पनि बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल फाइनल पुग्न बन्चित भएको हो । भारतसँग पराजित भएपछि नेपाललाई फाइनल पुग्न श्रीलंकाले बंगलादेशलाई पराजित गर्नुपर्ने अवस्था थियो ।

तर खेलमा साविक बिजेता बंगलादेश १२-० ले विजयी भएपछि बंगलादेश १० अंक बनाउदै विजेताको रुपमा फाइनल पुगेको हो ।

यता, अन्तिम खेलमा नेपाललाई पराजित गरेको भारतले ९ अंक बनायो । भारत शीर्ष दुईमा रहेर फाइनल पुग्यो । तेस्रो स्थानमा रहेको नेपालको ७ अंक रह्यो । भुटान तेस्रो स्थानमा रह्यो भने श्रीलंका पुछारमा रह्यो ।

यसअघि भारतसँग १-० ले पराजित भएपछि नेपाली टोलीको फाइनल प्रवेश सम्भावना न्यून बनेकाे थियो ।

पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको नेपाली टोलीले दोस्रो खेलमा श्रीलंकालाई ६-० र तेस्रो खेलमा भुटानलाई ४-० ले हराउँदै च्याम्पियनसिपको फाइनल प्रवेश सम्भावना बलियो पारेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button