तिहार अन्तरगत आज गोवर्धन पुजा
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, र गोरुको पूजा गरी मनाइएको छ । गोवर्धन पुजा पनि आजै गरिएको छ ।
गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
वर्षभर कृषि कर्म गर्ने कृषक तथा जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिइ गोरुपुजा पनि मनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्