तपाईँ सुन्दै हुनुहुन्छः

खुल्लातर्फ केन्द्रीय सदस्यको मतगणना सम्पन्न

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुल्ला तर्फको केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न भएको छ । 

मतगणनाको काम सम्पन्न भए पनि मत सङ्ख्या जोड्ने लगायतका केही प्राविधिक कामहरू बाँकी रहेका कारण केही समयपछि मात्रै मत परिणाम सार्वजनिक गरिने नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो । 

file photo

खुल्ला तर्फको ३५ केन्द्रीय सदस्य पदका लागि ९९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । 

खुल्ला तर्फको केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न भएपछि आज नै महिला र मधेसी क्लस्टरको केन्द्रीय सदस्य पदको मतगणना गर्ने तयारी भइरहेको निर्वाचन समितिका सचिव रिजालले जानकारी दिनुभयो ।  

नेपाली काँग्रेसको संशोधित विधान अनुसार एक सभापति २ उपसभापति, २ महामन्त्री, ८ सह–महामन्त्री, ३५ खुल्ला केन्द्रीय सदस्य तथा विभिन्न क्लस्टरबाट ८६ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button