कैलालीमा युवकको घाँटी रेटी हत्या : घटनाका सम्बन्धमा प्रहरीद्वारा अनुसन्धान सुरु
टीकापुर कैलाली । कैलालीमा घाँटी रेटी युवकको हत्या गरिएको घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
पुस २ गते शुक्रवार साँझ घरबाट साथीसँग निस्केका जानकी गाउँपालिका वडा नं ९ का २५ वर्षीय अर्जुन दासको शनिबार अमरावती सामुदायिक वनमा घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
घटनाका सम्बन्धमा तालिम प्राप्त कुकुर सहितको टोली अनुसन्धानमा खटिएको प्रहरी चौकी अमरावतीका प्रहरी सहायक निरीक्षक सुरत बोहराले बताउनुभयो ।
मृतकको बुवा भारतबाट आउन लागेका र बुवा आएपछि मात्र शव व्यवस्थापनको प्रक्रिया अगाडी बढाउने तयारी भइरहेको पनि सहायक निरीक्षक बोहराले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्