तपाईँ सुन्दै हुनुहुन्छः

घाँटी रेटी युवकको हत्या घटनाको प्रहरीद्वारा अनुसन्धान शुरु

टीकापुर, कैलाली । कैलालीमा घाँटी रेटी युवकको हत्या घटनाको प्रहरीद्वारा अनुसन्धान शुरु गरिएको छ । २ गते साँझ घरबाट साथीसँग निस्केका जानकी गाउँपालिका वडा नं ९ का २५ वर्षीय अर्जुन दासको हिजो अमरावती सामुदायिक वनमा घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।  

घटनाका विषयमा तालिम प्राप्त कुकुर सहितको टोली अनुसन्धानमा खटिएको प्रहरी चौकी अमरावतीका प्रहरी सहायक निरीक्षक सुरत बोहराले बताउनुभयो । मृतकको बुवा भारतबाट आउन लागेका र बुवा आएपछि मात्र शव व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको पनि सहायक निरीक्षक बोहराले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button