तपाईँ सुन्दै हुनुहुन्छः

८ सय ६९ जनाको निःशुल्क आँखा परिक्षण

मकवानपुर । रोटरी क्लब अफ हेटौँडाले आयोजना गरेको निःशुल्क आँखा शिविरमा शनिबार ८६९ जनाको आँखा परिक्षण गरिएको छ । 

क्लबको वार्षिक कार्यक्रम अन्तरगत पहिलो चरणको कार्यक्रममा शनिबार मकवानपुर र रौतहटका तीन स्थानमा भएको शिविरमा आठ सय ६९ जनाको परीक्षण गरिएको हो । 

परिक्षण गरिएका मध्ये एक सय ५४ जना मोतीबिन्दुका बिरामीहरू भेटिएको र उनीहरूको शल्यक्रियाका लागि छनौट गरिएको शिविर संयोजक अर्जुन सुवेदीले जानकारी दिनुभयो । आइतबार देखि मङ्गलवारसम्म उनीहरूको हेटौँडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने उहाँले बताउनुभयो । 

बिरामीलाई शिविर स्थल देखी अस्पताल सम्म ल्याउने, शल्यक्रिया गर्ने र घरसम्म पुर्‍याउने सबै व्यवस्थापन रोटरी क्लबले गर्ने अध्यक्ष रामप्रसाद शर्माले बताउनुभयो । 

यसका लागि अस्ट्रेलियाका डेबिट एक्सले आर्थिक र तास्मानियाका रोटरी क्लबहरूले संयोजन गर्दै आएको उहाँले बताउनुभयो । 

क्लबले रोट्याक्ट क्लब अफ हेटौँडा र हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा पौष २ गते, रौतहटको वृन्दावनमा १ र ३ गते मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मकरी हाँडिखोलामा निःशुल्क आँखा शिविर गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button