तपाईँ सुन्दै हुनुहुन्छः

झापामा मनाइयो २२ औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस


झापा । झापामा २२ औँ अन्तर्राष्ट्रिय कामदार दिवस रचनात्मक कार्यक्रमका साथ मनाइएको छ । यस अवसरमा झापाको बिर्तामोडमा सरोकारवालाहरूबिच अन्तरक्रिया गरिएको छ ।झापामा सुरक्षित आप्रवासन परियोजना (सामी) सञ्चालन गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रको आयोजनामा आज भएको अन्तरक्रिया कार्यक्रममा मुख्य रुपमा खाडी मुलुकहरूमा रोजगारीमा जाने नेपाली युवाहरूले भोग्दै आएका समस्या तथा वैदेशिक रोजगारीमा जानु पूर्व अपनाउनुपर्ने सावधानीहरूका बारे चर्चा गरिएको थियो ।

परियोजना संयोजक फणीन्द्रप्रसाद दाहालले अन्तर्राष्ट्रिय आप्रवासन दिवसबारे जानकारी गराउँदै नेपालमा यो क्षेत्रमा रहेका नकारात्मक पक्षलाई न्यूनीकरण गर्न सुरक्षित आप्रवासन परियोजनाले गर्दै गरेका कार्यबारे जानकारी गराउनुभयो । 

कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन परियोजनाबिचको सहकार्य र यसको प्रभावकारिताबारे चर्चा गर्दै टोल टोलसम्म सूचना पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।

सुरक्षित आप्रवासन परियोजना नेपाल र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय परियोजना हो । झापाको  भद्रपुर, मेचीनगर, दमक नगरपालिका र गौरीगंज गाउँपालिकामा प्रत्यक्ष रूपमा सञ्चालित छ भने विराट सामुदायिक अध्ययन केन्द्रले सहजीकरण गरिरहेको यो परियोजनालाई हेल्भेटास नेपालले प्राविधिक सहयोग गरिरहेको छ । 

परियोजना सञ्चालन भएपछि झापामा १२७२० जनालाई परामर्श प्रदान गरिएको छ भने ठगीका १२९ घटनाको उजुरी प्राप्त भएको र ७६ जनालाई रकम फिर्ता गराइएको संयोजक दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button