एक मात्र ब्रोडगेज रेल बिग्रिन थाल्यो, शीघ्र सञ्चालनको माग
जनकपुरधाम । जनकपुरधाम देखि जयनगरसम्म ब्रोडगेज रेल सञ्चालनका लागि सबै पूर्वाधारको तयारी तथा खरिद भएको डेढ वर्ष हुन लाग्दा पनि हालसम्म रेल सञ्चालन नभएपछि यस क्षेत्रका जनता निराश भएका छन् ।
नेपाली झन्डा अङ्कित दुई वटा इन्जिन तथा ४–४ वटा डब्बा खरिद भए पनि हालसम्म सञ्चालनमा नआएपछि रेलका कतिपय सामान बिग्रिन थालेका छन् । नेपाल सरकारले खरिद गरेको रेल लामो समयसम्म नचलेका कारणले रेलमा भएका ब्याट्री, पिस्टन सहितका सामाग्री बिग्रिएका छन् ।

सर्भिसिङ्ग विना रेल सञ्चालन गर्ने अवस्था नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
रेल्वेसँग ऐन र दक्ष कर्मचारी पनि नभएका कारणले रेल सञ्चालन हुन नसकेको बताइएको छ ।
रेल्वेसम्बन्धी अध्यादेश आएपछि कर्मचारीको व्यवस्थापनको काम अगाडी बढाउने तयारीमा नेपाल रेल्वे कम्पनी लिमिटेड रहेको छ । महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालनका लागि साँढे चार लाख टिकट पनि छाप्ने काम भएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्