एमाले महासचिव पोखरेलले आज पत्रकार सम्मेलन गर्नुहुँदै

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णय पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गर्दैछ ।
एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार महासचिव शंकर पोखरेलले आज दिउँसो काठमाडौँको नयाँ बानेश्वर स्थित अल्फाबिटामामा पत्रकार सम्मेलन गरेर निर्णयहरु सार्वजनिक गर्न लाग्नुभएको हो ।
मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न लागिएको एमालेले जनाएको छ ।
चितवनमा १०–१४ मंसिरमा भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्