तपाईँ सुन्दै हुनुहुन्छः

बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण

चितवन । भरतपुर विमानस्थलबाट काठमाडौँ उडेको बुद्ध एयरको १८ सिटे जहाज पुनः भरतपुर विमानस्थलमै आकस्मिक अवतरण गरेको छ ।

आज अपराह्न १ बजेर १६ मिनेटमा उडेको बुद्ध एयरको २० क्राप्ट जहाज केही माइल टाढा नपुग्दै पुनः भरतपुर विमानस्थल फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी दीपक विकले बुद्ध एयरको जहाज उड्को केही मिनटमै पुन भरतपुर विमानस्थल अवतरण गरेको जानकारी दिनुभयो । 

‘चालक दलले उडेको केही मिनटमै फर्किन्छु भन्नुभयो, हामीले फर्किन अनुमति दियौँ ।’ उहाँले भन्नुभयो । के कारणले जहाज फर्काइयो भन्ने विषयमा खुलाइएको छैन । यसबारेमा प्राविधिक टोलीले अध्ययन अनुसन्धान गरिने विकले बताउनुभयो  । 

उहाँका अनुसार जहाज हाल रनवेमा छ र जहाजलाई पार्किङ स्थल तिर ल्याउन लागिएको छ । जहाजका सबै यात्रु सकुशल रहेको उहाँले बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button