तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ महानगरपालिकाका निर्देशकसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरूको मूल्याङ्कन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको आरोपमा काठमाडौँ महानगरपालिकाका निर्देशकसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

उजुरीमाथि अनुसन्धान हुँदा मूल्याङ्कन प्रक्रियामा संलग्न काठमाडौँ महानगरपालिकाका निर्देशक भैरव बहादुर बोगटी, खरिद इकाई प्रमुख उप–निर्देशक बखत बहादुर साउद, उप–निर्देशक सुमन अधिकारी, उप–निर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकीविरुद्ध आयोगले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । 

अख्तियारमा परेको उजुरीमाथि छानबिन गर्दा काठमाडौँ महानगरपालिका वडा नं. १२, टेकुस्थित भवन निर्माण गर्न आव्हान गरिएको बोलपत्रहरूको मूल्याङ्कन प्रतिवेदनमा गलत लिखत तयार गरिएको पुष्टि भएकाले उनीहरूमाथि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button