तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको प्रदेश पदाधिकारी चयन प्रक्रिया भोलिबाट सुरु हुँदै

file photo

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन अन्तर्गत बाँकी रहेका प्रदेशमा प्रदेश पदाधिकारी चयन प्रक्रिया भोलिदेखि सुरु हुने भएको छ । 

प्रदेश सम्मेलन अन्तर्गत सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेश समितिको पदाधिकारी चयन भए पनि अन्य प्रदेशको पदाधिकारी चयन प्रक्रिया भोलिदेखि सुरु हुने भएको हो । 

जारी प्रदेश सम्मेलन अन्तर्गत हालसम्म सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेश समितिको समिति सहित पदाधिकारी, गण्डकी प्रदेशमा अध्यक्षसहित सबै प्रदेशमा समिति चयन भएको माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो । 

भोलिदेखि सुरु हुने माओवादी केन्द्रको प्रदेश पदाधिकारी चयन प्रक्रिया पुस ५ गतेसम्म सम्पन्न हुनेछ । 

प्रदेश सम्मेलनले सबै प्रदेशमा अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी चयन गर्नेछ । 

मङ्सिर २५ गतेदेखि सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा एकसाथ प्रदेश सम्मेलन सुरु भएको थियो ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button