तपाईँ सुन्दै हुनुहुन्छः

फिलिपिन्सको राष्ट्रपतिका उम्मेदवार गोद्वारा उम्मेदवारी फिर्ता

मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेका लामो समयदेखिका सल्लाहकार क्रिश्टोफर गोले राष्ट्रपतिका लागि दिएको उम्मेदवारी फिर्ता लिनु भएको छ । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्न लाग्नु भएका उहाँले प्रतिस्पर्धाबाट पछाडि हट्ने निर्णय गर्नु भएको हो । 

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार ४७ वषीय गोले आफ्नो प्रतिस्पर्धाको मैदानमा नरहेको जानकारी गराउनु भएको स्पष्ट पारेका छन् । उहाँले अहिलेसम्म आफूलाई सहयोग, समर्थन र हौसला प्रदान गर्ने सवैप्रति आभार प्रकट गर्नु भएको समाचारमा जनाइएको छ ।

उहाँले सुरुमा उपराष्ट्रपति पदका लागि उम्मेदवार दिए पनि पार्टीको निर्णयका आधारमा पछि राष्ट्रपतिमा उम्मेदवारी दिनु भएको थियो । राष्ट्रपति डुटेर्टे नेतृत्वको पार्टीकै निर्णयका आधारमा उहाँले उम्मेदवारी फिर्ता लिनु भएको अधिकारीहरूले जानकारी दिएका छन् । उहाँले अब राष्ट्रपतिमा कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने बारेमा अहिलेसम्म स्पष्ट नपर्नु भएको समाचारमा जनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button