तिहार सुरु भएसंगै ग्रामीण बजारहरुमा व्यापारिक चहल पहलमा बृद्धि

कञ्चनपुर । नेपालीहरुको दोस्रो महान पर्व शूभ दीपावली सुरु भएसंगै कञ्चनपुरका विभिन्न ग्रामीण बजारहरुमा पनि किनमेल गर्ने ग्राहकहरुको भिड लाग्न थालेको छ ।
विभिन्न कामको शीलशीलामा बाहिर रहेका स्थानीयहरु तिहारको समयमा गाँउघर फर्केपछी कञ्चनपुरका ग्रामीण क्षेत्रका बजार बेलौरी, पुनर्वास, बेलडाँडी, कलकत्ता, गुलरीया, झलारी, दैजी, दोधाराचाँदनी लगायतका अन्य साना तथा ठूला बजारहरुमा सामान किन्नेहरुको भिड लाग्ने गरेको छ । तिहारलाई केन्द्रित गरी किनमेल गर्न आउने गरेकोले ग्राहकहरुको भिडभाड बढेको हो ।
त्यस्तै, सदरमूकाम महेन्द्रनगरमा अवस्थित फेन्सि पसल, श्रृगांर पसलहरु लगायतका अन्य पसलहरु पनि तिहारका सामग्रीले भरीभराउ भएका छन् । व्यापारीहरुले पनि आफ्नो व्यस्तता र व्यापार बढ्न थालेको बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्