महाधिवेशनमा भूपु सैनिक सङ्घका १५० स्वयंसेवक परिचालन

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि परिचालित भूपु सैनिक सङ्घको १५० सदस्सीय स्वयंसेवक टोलीले सुरक्षा व्यवस्थालगायतका काममा अहोरात्र खटिई रहेको छ ।
महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन अर्थात् मङ्सिर २३ देखि खटिएको स्वयंसेवकले सुरक्षा, झोला छपाई, प्याकिङ, खाना व्यवस्थापनदेखि अन्य कार्यमा महत्त्वपूर्ण सहयोग गरेको हो ।
सेवा निवृत्त प्रहरी सम्मिलित उक्त सङ्घमा आबद्ध स्वयंसेवक टोली दोलखा, काभ्रे, ललितपुर, चितवन, भक्तपुर, रामेछाप, नुवाकोट, काठमाडौँ, गोरखा, लमजुङ, तनहुँ,, कास्की, पर्वत, दार्चुला म्याग्दी, बागलुङ, रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र सोलुखुम्बुबाट महाधिवेशनका लागि काठमाडौँ आएको थियो ।
भूपू सैनिक सङ्घका महासचिव मेघराज टण्डनको नेतृत्वमा रहेको उक्त स्वयंसेवक टोली पहिलो चरणको मतदानका बखत तीन वटै मतदान स्थल तथा मतगणना व्यवस्थापन र सुरक्षामा परिचालन भएको थियो । टोलीले महाधिवेशनमा आन्तरिक सुरक्षा, प्रवेशद्वारमा निगरानी र सिसि टिभी व्यवस्थापनमा पनि उल्लेख्य काममा खटिइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्