विराटनगरमा फाइजर खोपको दोस्रो डोज लगाउन शुरु

विराटनगर । विराटनगर महानगरपालिकामा कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज लगाउन शुरु गरिएको छ । एक महिना अघि फाइजर खोपको पहिलो डोज लगाएकाहरूलाई विराटनगर स्थित कोशी अस्पतालमा दोस्रो डोज खोप लगाउन शुरु गरिएको हो ।
१२ वर्ष देखी १८ वर्ष मुनि उमेर समूहका तथा जुनसुकै उमेर समूहका दिर्घरोगीलाई यो खोप लगाइन्छ । आउँदो शुक्रवार सम्म फाइजर खोपको दोस्रो डोज लगाइने र त्यसका लागि पहिलो डोज लगाएको खोप कार्ड लिएर आउनुपर्ने कोशी अस्पतालका नर्सिङ प्रशासक मञ्जु यादवले बताउनुभयो ।
उहाँका अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कोशी अस्पताल परिसरमा खोप लगाउने व्यवस्था मिलाइएको छ । एक महिना अघि १६ सय ८० जनाले फाइजर खोपको पहिलो डोज लगाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्