तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको १४औँ महाधिवेशन : मतदान जारी, ३ हजार मत खस्यो

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आज पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान कार्य जारी रहेको छ ।

बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकोमा ४ घण्टा समय थप गरिएको र अहिले मतदान कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ । 

यसअघि निर्वाचन समितिले बिहान ८ देखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको थियो । 

नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि आज भइरहेको मतदानमा अहिले ७ बजेसम्म तीन हजार मत खसेको नेपाली काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

सचिव श्रेष्ठले अहिले राती १० बजेसम्ममा मतदानको काम सम्पन्न गर्ने गरी काम भइरहेको र सभापतिको मतगणना पनि आजै हुने बताउनुभयो ।

एक सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । काँग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।     

काँग्रेसको नयाँ केन्द्रीय समितिको पदाधिकारी र सदस्य चयनका लागि ४ हजार ७ सय २३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button