तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा आजबाट सातौँ भेट्रान्स कप फुटबल सुरु

मकवानपुर । हेटौँडामा आजबाट सातौँ हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको हेटौँडा उपमहानगरका मेयर हरिबहादुर महतले उद्घाटन गर्नु भएको हो । 

आज भएको उद्घाटन खेलमा आयोजक हेटौँडा भेट्रान्स (बि) ले सिमरा भेट्रान्सले ट्राईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको हो । खेलको म्यान अफ द म्याच हेटौँडा भेट्रान्सका सरोज राजथला घोषित भएका थिए । 

यस्तै प्रतियोगितामा चितवन राष्ट्रिय भेट्रान्सले बाई पाएको छ । हाम्रो वीरगञ्ज क्लब सहभागी नभएपछि चितवनले बाई पाएको हो । हेटौँडा–५, स्थित क्याम्पाचौरमा जारी प्रतियोगितामा मङ्गलवार पाँच वटा खेल हुने आयोजकले जनाइएको छ । मङ्गलवार सानो गौचरण नाइट किङ्ग र बिहानी क्लब फरेष्ट्री हेटौँडा, एविसी पोखरा र कालभैरव क्लब हेटौँडा, नागस्वती भेट्रान्स हेटौँडा र वीरगञ्ज यूथ क्लब, बौद्ध भेट्रान्स काठमाडौँ र बानेश्वर फुटबल क्लब काठमाडौँ तथा अभिषेक चर्च नवलपरासी र जोरपाटी काठमाडौंबीच खेल हुने आयोजकले जनाएको छ । 

सातौँ संस्करणको प्रतियोगितामा प्रथम हुने समूहले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा शिल्ड, दोस्रो हुने समूहले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित शिल्ड प्राप्त गर्ने छ । यस्तै प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर, फरवार्ड,  डिफेन्डर, गोलकिपर र समूह कोचलाई जनही ५ हजार नगदले पुरस्कार प्राप्त गर्नेछन् । 

आगामी पौष ३ गते सम्म जारी रहने प्रतियोगितामा १८ वटा भेट्रान्स क्लबहरूको सहभागिता रहेको छ । प्रतियोगितामा ४० वर्ष माथिका उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरू सहितको सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button