तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी प्रदेश सम्मेलन : सम्पर्क र विशेष प्रदेश समितिको पदाधिकारी चयन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन अन्तर्गत सम्पर्क र विशेष प्रदेश समितिको पदाधिकारी चयन भएको छ । 

शनिवारदेखि जारी प्रदेश सम्मेलन अन्तर्गत सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमध्ये सम्पर्क र विशेष प्रदेश समितिमा पदाधिकारी चयन भएको हो । 

सम्पर्क समितिको अध्यक्षमा श्रीकृष्ण अधिकारी र विशेष प्रदेश समितिको अध्यक्षमा जगत सिंखडा चयन हुनुभएको छ । 

यस्तै गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुसुम) चयन हुनुभएको छ ।

सम्पर्क र विशेष प्रदेश समितिमा पदाधिकारी चयन भए पनि अन्य प्रदेशमा समिति चयन भए पनि पदाधिकारी चयन हुन भने बाँकी छ । 

जारी प्रदेश सम्मेलन अन्तर्गत प्रदेश २ र प्रवास समिति बाहेक सबै प्रदेशमा प्रदेश समिति चयन भए पनि पदाधिकारी चयन हुन बाँकी रहेको माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो । 

माओवादी केन्द्रको प्रदेश सम्मेलनले सबै प्रदेशमा नौ पदाधिकारीसहित समिति चयन गर्नेछ । 

प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी रहनेछन् ।

नेकपा माओवादी केन्द्रमा सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास समिति सहित १० प्रदेश समिति रहको छ ।  

माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button