तपाईँ सुन्दै हुनुहुन्छः

इक्वेडरमा बस दुर्घटनामा परी १८ जनाको मृत्यु, २५ घाइते

file photo

क्वीटो  ।  इक्वेडरमा बस दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । सो दुर्घटनामा अरू २५ जना घाइते भएका छन् । 

दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा सो बस दुर्घटनामा परेको थियो । त्यसमा परेर १८ जनाको ज्यान नै गएको र अरू २५ जना घाइते भएका यहाँका प्रहरी अधिकारीहरूले जनाएका छन् ।

शनिबार राति सो दुर्घटना भएको थियो । दुर्घटनामा परेका घाइतेहरूलाई अस्पताल पुर्‍याइएको बताइएको छ ।

दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button