अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ जना घाइते
टेक्सास । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ ।
देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरू १४ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।घाइते भएका मध्ये एक जनाको घटनास्थलमै मृत्यु भए पनि बाँकी तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूको भनाई छ ।
सबै घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना आइतबार राती भएको हो ।
भिडभाड र हल्ला भइरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।
घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ । रासस/एएनआई








प्रतिक्रिया राख्नुहोस्