तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस १४ औँ महाधिवेशन : ८ सय ७८ मत खस्यो

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि आज भएको मतदानमा ८ सय ७८ मत खसेको छ ।

काँग्रेसको मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा ८ सय ७८ मत खसेको हो । १ सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । काँग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रिय सभा गृहमा ३ सय ४३ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा ५३५ मत खसेको छ । निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा २ हजार १ सय र १ हजार ३ सय तथा राष्ट्रिय सभागृहमा १ हजार ३ सय मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।

काँग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको थियो । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

काँग्रेस विधानअनुसार १ सय ६७ सदस्यीय कार्यसमितिमध्ये १ सय ३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७ सय ४३ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button