नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) तनहुँको अध्यक्षमा श्रेष्ठ

तनहुँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ तनहुँको चौथो अधिवेशनबाट अध्यक्षमा किरण श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा ममता गुरुङ, सह–सचिवमा सुबिना थापा मगर, कोषाध्यक्षमा सञ्जय श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो ।
त्यस्तै सदस्यहरूमा मिलन तामाङ, नुक्त भुजेल, एलोज श्रेष्ठ, मोहनराज आले, करुणा थापा मगर, करिष्मा गुरुङ चयन हुनुभएको छ ।
त्यस्तै प्रदेश प्रतिनिधिमा प्रताप राना मगर, सुशीला थापा मगर, सुमन श्रेष्ठ, राजकुमार श्रेष्ठ र राजकुमार आले चयन हुनुभएको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा विष्णु मास्की मगर, सन्तोषी श्रेष्ठ, राजकुमार श्रेष्ठ र राम बहादुर धामी चयन हुनुभएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्की अध्यक्ष वसुन्धरा घर्ती रहनुभएको थियो । सो अवसरमा प्रमुख अतिथि घर्तीले पछाडि परेका वर्ग, जातजाति र क्षेत्रलाई पत्रकारले अगाडि ल्याउनुपर्ने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो ‘पत्रकारले आफ्नो अधिकारको लागी आफ्नै बोल्नुपर्छ ।’








प्रतिक्रिया राख्नुहोस्