इजरायली प्रधानमन्त्री युएई भ्रमणमा

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेट आफ्नो पहिलो आधिकारिक भ्रमणमा संयुक्त अरब इमिरेट्स (यूएई)का लागि आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
“प्रधानमन्त्री नाफ्ताली बेनेट संयुक्त अरब इमिरेट्स (युएई) को पहिलो आधिकारिक भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । बेनेटले अबु धाबीका राजकूमार शेख मोहम्मद बिन जायदसँग द्विपक्षीय सम्बन्धबारे छलफल गर्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यसबाहेक उहाँले यूयईका उच्चपदस्थ अधिकारीसँग भेट गर्नुहुने बताइएको छ ।
इजरायली प्रधानमन्त्री बेनेट र यूएईका राजकूमारबीच दुई मुलुकको आर्थिक र सुरक्षा तथा क्षेत्रीय सुरक्षा चासोका विषयमा पनि छलफल हुने बताइएको छ ।एएफपी








प्रतिक्रिया राख्नुहोस्