तपाईँ सुन्दै हुनुहुन्छः

नरवणे भारतीय सेनाको ‘चीफ अफ डिफेन्स स्टाफ’ नियुक्त

भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ(सीडीएस) जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे नियुक्त हुनुभएको छ ।

रावतको निधनपछि दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहनुभएको थियो ।

नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ ।

भारतीय सेनाका २७औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ हुनुभएको छ । भारतको पुणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आवद्ध रहनुभएको छ ।एननआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button