तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस महाधिवेशन : अझै मतदान सुरु भएन

काठमाडौँ।नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको लागि हुने भनिएको मतदान अझै सुरु भएको छैन । सोमबार बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान कार्य अझै सुरु भएको छैन ।

मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको काँग्रेस निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button