तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्कमा तरलता पर्याप्त छ: अध्यक्ष गुरागाँइ

चितवन । राष्ट्रिय सहकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले बैङ्कमा तरलता पर्याप्त रहेको बताउनुभएको छ ।

चितवनमा पत्रकारसँग कुराकानी गर्दै सिइओ गुरागाईँले बैङ्क तथा वित्तीय संस्थामा तरलता सङ्कटको समयमा पनि बैङ्कमा तरलता अभाव नभएको बताउनुभएको हो ।

बैङ्कको गत असारसम्मको तुलनामा यस अवधिमा कुल कर्जामा ५० प्रतिशतले बढेको छ । शुक्रवार सम्मको वित्तीय विवरण अनुसार तरलता १७.७३ र कर्जा निक्षेप अनुपात ७९.१६ प्रतिशत रहेको बैङ्कले जनाएको छ । 

यो राष्ट्र बैङ्कले तोकेको सिडी रेसियो ११ प्रतिशत भन्दा बडी हो । त्यस्तै बैङ्कको न्यूनतम पुँजी कोष अनुपात ८ प्रतिशत हुनुपर्नेमा ९.५१ प्रतिशत रहेको बैङ्कले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button