जनजाति आयोगद्वारा बागमती प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश
मकवानपुर । आदिवासी जनजाति आयोगले आइतबार बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ ।
आयोगका अध्यक्ष रामबहादुर थापा मगरले प्रदेश प्रमुख शर्मालाई आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।

प्रतिवेदनमा आदिवासी जनजातिका सवाल, आदिवासी जनजाति आयोगले सम्पादन गरेका काम कारबाही लगायतका विषय समेटिएको आयोग अध्यक्ष थापाले जानकारी दिनुभयो । आयोगले देशका सातै प्रदेशमा आफ्नो वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रम अनुसार बागमती प्रदेशमा पनि प्रतिवेदन बुझाइएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख शर्माले आदिवासी जनजातिलाई राज्यको पहुँचमा ल्याउनका लागि आयोगलाई लागिपर्न सुझाव दिनुभयो ।
प्रतिवेदन बुझाउने कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, आयोगका सचिव भोला दाहाल, प्रदेश प्रमुख कार्यालयका उपसचिव कृष्णप्रसाद आचार्य, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव पारसमणि फूँयाल लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्