जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ ।
लालझाडी गाउँपालिका वडा नम्बर ६ ढक्का चानदेवका ४५ वर्षीय खगिराज रानाको हात्तीको आक्रमणमा परी ज्यान गएको हो ।
शनिबार राति जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका रानालाई कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पुर्याइएको र उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्र शाहले जानकारी दिनुभयो ।
यसैगरी जङ्गली हात्तीको बथानले गरेको क्षति बारे यकिन विवरण आईनसके पनि करिब ११ वटा घरमा जङ्गली हात्तीले क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो ।
कञ्चनपुरमा मध्यवर्ती क्षेत्रका बासिन्दा सधैँ हात्तीको त्रासमा बस्न बाध्य रहेका छन् । यसअघि हात्तीको आक्रमणबाट दुई वर्षको अवधिमा मात्रै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका तीन जनाले ज्यान गुमाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्