बनेपाका विद्यालयलाई कलाकार गिरीको सहयोग

काभ्रे । कलाकार प्रशान्त गिरीले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विद्यालयहरुलाई खेलकुद,शैक्षिक सामाग्री तथा अन्य भौतिक सामाग्री सहयोग गर्नुभएको छ । पछिल्लो समय व्यवसायको सिलसिलामा अमेरिकामा रहेनुभएका कलाकार गिरी केही साता अघि नेपाल आउनुभएको हो ।
गिरीले बनेपा नगरपालिका वडा नं. १ मा रहेको सपनेश्वर मा.वि.मा अध्ययनरत विद्यार्थीहरूका लागि एक हजार मूल्य पर्ने १ सय ३० थान ट्रयाकसुट सहयोग गर्नुभएको छ भने बनेपा वडा नं. २ मा रहेको रत्नचुडेश्वर मा.वि.लाई रङ्गिन प्रिन्टर एक थान र साउण्ड सिस्टमका लागि रु ६० हजार रुपैंया सहयोग गर्नुभएको हो ।
त्यसैगरी बनेपा वडा नं. २ मा रहेको श्वेत बराह मा.वि.का लागि विद्यालयको ५० हजार बराबरको खेलकुद तथा शैक्षिक सामाग्री र विद्यालयको नाम र गतिविधि स्पष्ट देखिने ४५ हजार रुपैयाँ बराबरको डिजिटल बोर्ड सहयोग गर्नुभएको हो ।
त्यसैगरी गिरीले बनेपा नगरपालिका वडा नं. ३ चुनातालमा रहेको अरुणोदय आाधारभुत विद्यालयलाई फोटोकपी मेसिन सहयोग गरी हस्तान्तरण गर्नुभएको छ ।

गिरीले नेपाली कथानक चलचित्र वाउन्सरमा नायकको भूमिका निर्वाह गर्नुभएको छ । ‘थ्याक्ंयु’बाट नेपाली फिल्ममा डेव्यु गर्नुभएका गिरीले हरर सिनेमा ‘साइना’मासमेत मुख्य अभिनेताको रुपमा काम गर्नुभएको छ । गिरीले आगामी दिनमा चाँडै नयाँ नेपाली फिल्म ‘बजरंगी’ लिएर आउन लागेको बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्