तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । 

एमालेको दशौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी आज दिउँसो करिब १ः२० बजे भक्तपुरस्थित जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा सुरु भएको हो । 

बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन लगायतका बिषयमा छलफल हुनेछ । 

एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान पनि बैठकका एजेण्डा रहेको जनाइएको छ ।

बैठकअघि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकले केन्द्रीय कमिटीमा लैजाने एजेन्डाका बारेमा छलफल भएको बताइएको छ ।

बैठक भोलिसम्म बस्ने कार्य तालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button