तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक हो: सह महामन्त्री डा महत

काठमाडौँ । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाश शरण महतले कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक भएको बताउनुभएको छ ।

पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै डा महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्नका लागि काँग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभयो । 

सह महामन्त्री डा महतले जनताको हक अधिकारका लागि लडेको पार्टीको १४ औँ महाधिवेशनले नयाँ ऊर्जा काँग्रेसलाई दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीभित्र भएको कमी कमजोरीलाई सच्चाएर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

अर्का सह महामन्त्री सुनिलबहादुर थापाले समृद्ध नेपाल काँग्रेसको नेतृत्वमा मात्र सम्भव भएकाले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेको बताउनुभयो । 

उहाँले मुलुकमा हुन लागेको तीनै तहको निर्वाचनमा काँग्रेसलाई सुविधाजनक बहुमत दिलाउनका लागि सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । 
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button