तपाईँ सुन्दै हुनुहुन्छः

थप २ सय ५९ कोरोना सङ्क्रमित थपिए

File photo

काठमाडौँ । देशभरि आज थप २ सय ५९ जना सङ्क्रमित थपिएका छन् । 

१० हजार ४ सय ८७ जनाको नमुनाको परीक्षण गर्दा २ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा ३ सय ३७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ । 

यस्तै कोरोना सङ्क्रमित मध्ये आज ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

देशभरि ५ हजार ९ सय ९७ कोरोनाका सक्रिय सङ्क्रमितले उपचार गराइरहेका छन् । 

आज देशभरि ३ लाख २९ हजार ३ सय २१ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button