अछामका प्रमुख जिल्ला अधिकारी मल्लको सरुवा

अछाम । अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको सरुवा भएको छ । उहाँलाई रुपन्देही जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
गत फागुन १४ गते अछामको प्रमुख जिल्ला अधिकारीको रूपमा धादिङ जिल्लाबाट सरुवा भई आउनु भएका मल्ललाई गृह मन्त्रालयले सरुवा गरेको हो ।
मल्ललाई अछाम बाट सरुवा गर्दै गृहमन्त्री बालकृष्ण खाँणले बुधवार उप–सचिव विश्वराज मरासेनीलाई अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।
अछाम कार्यरत रुद्र बहादुर मल्ललाई सरुवा गरेर मरासेनीलाई पठाउने निर्णय गरिएको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले बताउनुभयो ।
मरासेनी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत हुनुहुन्थ्यो । मरासेनी रुपन्देहीमा कार्यरत रहनुभएको २० दिन मात्रै भएको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्