तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक युवकको मृत्यु

तनहुँ । नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युत्को तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका  थिए । 

घाइते ज्ञवालीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । ज्ञवाली तनहुँको दुलेगाँैडास्थित डिभिजिङ नेटवर्क प्रालिको कर्मचारी हुन्  । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button