तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा गोली लागेर युवकको मृत्यु, एक पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर एक युवकको मृत्यु भएको छ । 

आइतबार राति सिकार खेल्न गएको बेला गोली लागेर सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले बताउनुभयो ।

जिल्लाको शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएको बेला घटना भएको प्रहरीको जनाएको छ । 

गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको डिएसपी खड्काले जानकारी दिनुभयो । “दुई जना सिकार खेल्न गएका रहेछन् । त्यसैबेला गोली लागेर घटनास्थलमै मृत्यु भएको रहेछ,” उहाँले भन्नुभयो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ । 

प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button